थाइल्यान्डमा नेपाली कराते खेलाडीलाई पदक


थाईल्याण्ड ओपन कराते च्याम्पियनसीपको पहिलो दिन नेपालले २ रजत १ काश्य पदक जितको छ । बालाजु कराते एकेडेमीकी खेलाडी अल्बिना नगरकोटीले ४७ केजी तौल समुहमा इन्डोनेसियाकी अजुराह अफान र थाइल्यान्डकी पोन्चीटा फोन्जरातलाई हराउदै फाइनलमा प्रबेश गरेकी हुन्।
फाइनलमा उनी थाईल्याण्डकै जाफीरा असियीफासंग पराजित भइन् । गत सस्करणमा पनि उनी उपविजयी भएकी थिइन् ।
राष्ट्रिय टोलीका खेलाडीले टिम कातामा रजत जिते । टोलीमा पशुराम बास्तोला,गुबिराम घले र अनिल चौधरी समाबेश थिए । महिला टिम कातमा संगीता मगर, सुनिता नेपाली र कर्म लामा काश्य पदक जित्न सफल भए ।

Comment