सोम र सञ्जय सेमिफाइनलमा

Manoj Shiama
23 April, 2017 8:06 pm

सोम लामा र सञ्जयकुमार मुल्मी पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमले विकास श्रेष्ठलाई ५–० तथा सञ्जयले अनिश महर्जनलाई ५–२ फ्रेममा पराजित गरे । त्यस्तै विरेन शाक्यले दीपजल ढुंगाना तथा रेगन श्रेष्ठले बुद्ध लामालाई समान ४–१ को नतिजामा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।