मोती र रेगन सेमिफाइनलमा
Manoj Shiama
25 April, 2017 6:21 am
मोती तामाङ र रेगन श्रेष्ठ पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मोतीले प्रकाश शेरचनलाई ५–१ तथा रेगनले विरेन शाक्यलाई ५–२ को फ्रेममा पराजित गरे । विजेता दुवैको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनल सञ्जुकमार मुल्मी र सोम लामाबीच हुनेछ । दुवै यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।