फुटभली टोली थाईल्याण्ड प्रस्थान
Manoj Shiama
27 April, 2017 5:29 am
चौथो एशियन फुटभली च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय नेपाली फुटभली टोली बुधबार मित्र राष्ट्र थाईल्याण्ड प्रस्थान गरेका छन् । राजधानी बैंङककमा हुने च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, उपाध्यक्ष दामोदर अर्याल, सदस्य दीपक जोशी लगायतले विदाई गरे ।
थाईल्याण्ड फुटभली संघको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडीहरुमा सरोज डङ्गोल, कुमार श्रेष्ठ, प्रकाश डङ्गोल र आर्यन डङ्गोल रहेका छन् । टिमको प्रशिक्षक तथा ब्यवस्थापकमा निरन्जन डङ्गोल रहेका छन् । च्याम्पियनसिप २०७४ बैशाख १३ देखि १६ गते सम्म संचालन हुनेछ ।