तेक्वान्दो प्रशिक्षक थापा क्यानडामा सम्मानित

नेपाल आइटिएफ रास्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासघका केन्द्रिय सदस्य घम बहदुर थापालाई लाली गुराँस खेलकुद तथा सास्कृतिक क्लबको आयोजनामा क्यानाडाको नेपाली समाजले समान गरेको छ । तेक्वान्दो बिकासमा गरेको योगदानको कदर गर्दै आगामी दिनमा समेत प्रेरणा गर्नको निम्ति सम्मान गरेको नेपाली जनजाति महासघ क्यानडाका अध्यक्ष तथा नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासघका पुर्ब महासचिव समेत रहेका गिरि बुढाथोकीले जानकारी दिए । उक्त कार्यक्रममा लाली गुराँस खेलकुद तथा सास्कृतिक क्लबका अध्यक्ष उत्तम के. सि, युनिभर्शल युनाइटेड तेक्वान्डो महासघ क्यानडाका अध्यक्ष राजु थापा, युनिभर्शल युनाइटेड तेक्वान्दो महासघ क्यानडाका महासचिव तथा एभरेस्ट तेक्वान्दो एकेडेमी क्यानडाका सञ्चालक धिरेन शाही उपश्थित थिए । नेपाली जनसम्पर्क समितिका सभापति बुद्धी प्रकश ओलि, एनआरएन क्यानडाका आइसिसि सदस्य तथा युवा सयोजक टुला भट्टचन र ढोरपाटन स्पोर्ट्स क्लबका पुर्ब महासचिप आनन्द अर्गेजा लगायतले स्वागत शुभकामना मन्तव्य रखेका थिए । ६ फेब्रुअरी देखि अमेरिकामा तेक्वान्दो प्रशिक्षण लिइरहेका थापाको प्रशिक्षण २४ अप्रिलमा सकिएको हो । उनी २ मेमा नेपाल फर्काने कार्यक्रम छ ।

Comment