कराते टोली फर्कियो


थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी भइ नेपाली कराते टोली बुधबार राती स्वदेश फर्किएको छ । अप्रिल २० देखि २४ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा नेपालले समान ५ रजत र कांस्य गरी १० पदक जितेको थियो ।
टोलीका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठले जानकारी दिए अनुसार सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला ४७ केजीमुनि तथा पर्शुराम बास्तोला, गुभीराम घले र अनिल चौधरीले पुरुष टिम कातामा रजत जिते । कांस्य जित्नेमा महिला ५५ केजीमुनि अनु अधिकारी, महिला ६८ केजीमुनि विभूषा थापा, पुरुष ५५ केजीमुनि सोनाम लामा, महिला टिम कातामा संगीता मगर, सुनीता नेपाली र कर्मा लामा तथा पुरुष टिम कुमुतेमा सोनाम लामा, विप्लवलाल श्रेष्ठ, लेखनाथ मैनाली, दिवस श्रेष्ठ, रविन्द्र कार्की, गुभीराम घले र पर्शुराम बास्तोला रहेका छन् ।
टोलीका अन्य प्रशिक्षकमा अक्बर शाह, दीपक श्रेष्ठ, गंगाराम महर्जन, रवि महर्जन र ज्ञानबहादुर मोक्तान छन् । अफिसियलमा मधु लामा, फुर्वा लामा र अर्विन्द टोड्डर छन् । टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Comment