सिमोन र रोएकता सम्मानित


नेपाल वादोरियो कराते डो संघले आफ्ना दुई अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । सम्मानित हुने पुरुष खेलाडीमा सिमोन खत्री तथा महिलामा रोएकता सिंह छन् ।
सिमोनले जर्मनमा २०१६ मा भएको अन्तर्राष्ट्रिय वादो कपमा कांस्य जितेका थिए । रोएकताले जापानमा २०१६ मा भएको ११ औं सिजी निसिमुरा मात्सुरी मैत्रीपूर्ण करातेमा कांस्य तथा २०१५ को अगष्टमा भारतको गुजरातमा भएको छैटौं दक्षिण एसियाली वादोरियो करातेमा स्वर्ण जितेकी थिइन् । दुवै जनही २० हजार र सम्मान पत्रबाट सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र कराते महासंघका महासचिव समेत रहेका वादोरियो करातेका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच सम्मान गरे ।

Comment