विश्व ताइची दिवसमा खेलाडी सम्मानित
विश्व ताइची दिवसको अवसरमा नेपाल उमा कुङफु संघले दुई खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी– २०७३ अवार्डबाट शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भारतको नयाँ दिल्लीमा भएको विश्व च्याम्पियनसिपका स्वर्ण विजेता सुमन पुटुवार तथा राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता सूर्य लामा रहेका छन् । सोही अवसरमा अस्ट्रियामा भएको अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा उत्तीर्ण हुन सफल संजितकुमार राई र सुकुमान लामालाई पनि सम्मान गरियो ।
उनीहरुलाई समाजसेवी शंकरदास श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । संघले शंखपार्कमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व ताइची दिवस पनि मनाएको छ । करिब ३ सयको सहभागिता रहेको कार्यक्रममा ताइची र कुङफुको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो । १ सय भन्दा बढी राष्ट्रमा हेरक वर्ष अप्रिलको अन्तिम शनिबार एकै साथ विश्व ताइची दिवस विश्व मनाउने चलन छ । सो चलन अनुप संघले पनि हरेक वर्ष ताइची दिवस मनाउदै आएको संघका महासचिव अनिमेशलाल श्रेष्ठले जानकारी गराए ।