दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित

Manoj Shiama
3 May, 2017 8:29 pm

हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एन्ड फिटनेशको आयोजनमा हुने भनिएको दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ ।
बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप नेपाल सरकारले स्थानिय चुनाव बैशाख ३१ गते गर्ने भनि गरेका निर्णका कारण च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगितालाई जेष्ठमा गर्ने निर्णय गरेको थियो । पुनः नेपाल सरकारले स्थानिय चुनाव दुई चरणमा गर्ने निर्णय गर्दै जेष्ठ ३१ गते दोश्रो चरणको चुनाव मिति तोकेकाले तराईबाट खेलाडीहरुको प्रतिनिधित्व हुन असम्भव प्राय देखिएकोले जेष्ठ महिनामा पनि प्रतियोगिता आयोजना गर्न सम्भव नभएको भनि संघको बैठकले सहज परिस्थिती नभए सम्मका लागि उक्त च्याम्पियनसिप स्थगन गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी गराएका छन् ।