वाको एसियन किक बक्सिङ दिपक र निकेशलाई पदक
नेपाली किक बक्सिङ टोलीले तुर्केमिनीस्तानमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसपिमा दुई पदक जितेका छन् । र्केमिनिस्तानको आस्कावादमा भएको च्याम्पियनसिपको पुरुष ७१ केजीमा नेपालका दिवस श्रेष्ठले रजत र ७४केजीमा निकेश श्रेष्ठले कास्य पदक दिलाए । गत अप्रील २२ देखी ३० तारिखसम्म भएको खेलमा दिवसले क्वाटरफाइनलमा काजकिस्तान र सेमिफाइनलमा चाइनिज ताइपेईका खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । तर फाइनलमा आयोजक तुर्केमिनिस्तानका खेलाडीसँग तीन राउन्डको खेलमा अंकको आधारमा पराजित भएपछि दिवसले रजत पदकमै चित्त बुझाए ।
त्यस्तै ७४ केजीमा निकेशले क्वाटरफाइनलमा तुर्केमिनिस्तानका खेलाडीलाई हराउदै सेमीफाइनलको यात्रा तय गरे । यद्यपी ताजकिस्तानसँगको सेमिफाइनलमा तीन राउन्डसम्म खेल बराबरी भयो । थप गरिएको अतिरिक्त समयमा भने निकेश पराजित भएपछि कांस्यमै सिमीत भए । पुरुषकै ६९ केजी तौलको क्वाटरफाइनलमा राजुराज शाही आयोजकका खेलाडीसँग पराजित भएपछि पदक विहिन भए । त्यसअघि राजुराज पहिलो खेल जितेर अन्तिम आठको यात्रा तय गरेका थिए । पदक विजेता खेलाडी बुधबार नेपाल आइपुगेका छन् । खेलाडीलाई नेपाल किक बक्सिङ संघका महासचिव दिपक श्रेष्ठ,पदाधिकारी,रेक्स फेसन होम र खेलाडीले बुधवार अन्तर्राष्ट्रिय एयरपोर्टमा भब्य स्वागत गरे । उक्त प्रतियोगितामा कुल १९ राष्ट्रको सहभागीता रहेको थियो ।