लाइफ इन्सुरेन्समा फुटसल

Manoj Shiama
5 May, 2017 10:59 pm


नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्वतन्त्र कर्मचारी युनियनद्धारा कम्पनीको सत्रौ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कर्मचारीहरm बीच भएको फुटसल प्रतियोगितामा विजेता तथा उप विजेता टिमलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक कुमार झा तथा संचालक समिति सदस्य कमलेश कुमार अग्रवालले पुरस्कार प्रदान गरे । साथै कार्यक्रमा फुटसल प्रतियोगिता उत्कृष्ट खेलाडि कर्ण तामाङ्ग , उत्कृष्ट गोलरक्षक सागर भण्डारी तथा सर्वाधिक गोल गर्ने खेलाडि निश्चल जोशीलाई पनि सम्मानित गरिएकको कर्मचारी युनियिनका उपाध्यक्ष अनुप भट्टराईले जानकारी दिए । कर्मचारी युनियनका अध्यक्ष उज्जवल अर्यालले आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने बताए । नेपाल लाईफ इन्स्योरन्सका १०० भन्दा बढि शाखा तथा उपशाखा छन्। साथै ३०० भन्दा बढि कर्मचारी कार्यरत रहेका छन् ।