खडक बहादुर गुरुङलाई जर्मनीमा ‘ईन्सटक्टर अफ द इयर’ अवार्ड

Manoj Shiama
6 May, 2017 10:00 pm

खडकबहादुर गुरुङ ‘मदन’ जर्मनीको म्युनिखमा ‘ईन्सटक्टर अफ द इयर २०१७ अवार्ड’ बाट सम्मानित भएका छन् । गुरुङलाई नेपालको विभिन्न भुभागमा मार्शल आर्ट खेल विकासका महत्वपुर्ण योगदान पु¥याए वापत म्युनिख हल अफ अनर जर्मनीले सम्मान गरेको पदम रानाले बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष अन्तर्राष्ट्रिय प्रशिक्षक मास्टर गुरुङले पर्वत जिल्लामा सन् २०१० देखि प्रशिक्षण दिदै आउनु भएको हो ।
राष्ट्रिय प्रतियोगितामा प्राय निर्णायकको भुमिकामा देखिने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका गुरुङले यो सम्मानपछि आफुलाई थप तेक्वान्दो खेल विकासमा लाग्न हौसलित गरेका बताए । सम्मानपश्चात कुस्मामा रहेको आफ्नो विद्यालय परिवार, राष्ट्रिय तेक्वान्दो संघ र मार्सल आर्टकर्मी प्रति धन्यवाद ब्यक्त गरे । आफ्नो उक्त विशेष समारोहमा गुरुङ लगायत दर्जनौं ग्रान्डमास्टर, मार्शल आर्टसका संस्थापक लगायत अन्तर्राष्ट्रिय मेडलिस्ट खेलाडी पनि सम्मानित भए ।
गुरुङलाई यो सम्मानको लागि म्युनिख हल अफ अनर जर्मनीका अन्तर्राष्ट्रिय बोर्ड अफ डाइरेक्टर्सका ग्रान्डमास्टर सिन्थिया रोथरक, ग्रान्डमास्टर अरहार्ड केलनर, ग्रान्डमास्टर सामुएल कोक, मास्टर ग्रेगोर जे हस लगायतका ग्रान्डमास्टर र मास्टर्सको बोर्डले विश्व भरीका दर्जनौँ मास्टर्सबाट छनौट गरेका हुन् ।