बोहरा ताइवान जाने

Manoj Shiama
7 May, 2017 6:20 am


विश्व विद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहरा २९ औं समर युनिभर्सियाड गेम्सको हेड अफ डेलिगेसनको बैठकमा सहभागी हुन आइतबार ताइवान जाने भएका छन् । बैठक ताइवालको ताइपेईमा मे ८ देखि १२ तारिखसम्म चल्ने छ ।
विभिन्न १ सय ७० राष्ट्रका प्रतिनिधि सहभागी हुने बैठकमा गेम्सको तयारी, सहभागितालगायतका विषयमा कुराकानी हुने महासचिव बोहराले जानकारी गराए । विश्वमा हुने बृहत खेलकुदअन्तर्गत ओलम्पिक पछिको ठूलो मानिने समर युनिभर्सियाड अगष्ट १९ देखि ३० तािरखसम्म ताइपेइमै हुने बोहराले बताए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने गेम्सको अघिल्लो संस्करण दक्षिण कोरियोको ग्वाङझावमा भएको थियो ।