हाप्किडो अध्यक्ष मगर सरकारद्धारा सम्मानित

Manoj Shiama
7 May, 2017 11:01 pm


नेपाल मार्शल आर्ट हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर नेपाल सरकारबाट सम्मानित भएका छन् । मगरलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाली खेलकुद बिकास र परीवर्तनमा योगदान पु¥याए बापत आईतबार सम्मान गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले अध्यक्ष मगरलाई सिंहदरबार स्थित आफ्नै कार्यालयमा प्रशंसापत्रमार्फत सम्मान गरेका हुन् । अध्यक्ष मगरलाई सम्मान गर्दै मन्त्री नायकले नेपाली खेलकुदको सफलताका लागि परीवर्तनको आवश्यक्ता रहेको बताए ।

‘नेपाली खेलकुदलाई अघि बढाउन परीवर्तनको आवश्यक्ता छ’, मन्त्री नायकले भने, ‘हामीले चाहेको त्यो परीवर्तन उहा (अध्यक्ष मगर) जस्ता युवाहरुको मेहनतले सम्भव छ ।’

सम्मान ग्रहण गरेपछि पछि अध्यक्ष मगरले थप प्रोत्साहन मिलेको प्रतिकृया दिए । ‘नेपालमा खेलकुदको आमुल परीवर्तन आवश्यक छ । बिश्व खेलकुदले २१ औं सताप्दीको प्रगतीको अनुभव गरीरहदा नेपाली खेलकुद पुरानै शैलीमा छ’, अध्यक्ष मगरले भने, ‘हामी नेपाली खेलकुदलाई समय सापेक्ष परीवर्तन गर्न चाहन्छौं । हाम्रो प्रयासमा सरकारले दिएको साथले अझ हौसला बढेको छ ।’नेपालमा हाप्किडो संघ दर्ता भएको छोटो समयमा नै खेललाई चिनाउन महत्वपूर्ण योगदान दिएका अध्यक्ष मगरलाई हालै दक्षिण कोरीयाको सरकार र बिश्व तथा दक्षिण कोरिया हाप्किडो संघले समेत सम्मान गरेको थियो । १२ दिनको सेमिनारमा सहभागी भएका हाप्किडोका अन्तर्राष्ट्रिय खेलाडी मगरलाई बिश्व तथा दक्षिण कोरिया हाप्किडो संघले प्लेयर अफ द इयर हल अफ फेममार्फत सम्मान गरेको थियो । बिश्व तथा दक्षिण कोरिया हाप्किडो संघले सेमिनारमा सहभागी ९० देशका खेलाडी मध्ये उत्कृष्ट घोषित भएकाले मगरलाई प्लेयर अफ द इयर अल अफ फेममार्फत सम्मानित गरेको हो । मगरले प्राप्त गरेको सो अवार्ड बिश्व खेल जगतकै उच्च महत्वको हो ।

सोही अवसरमा अध्यक्ष मगरलाई दक्षिण कोरीयाको सियोल मेट्रोपोलिट्यान्ट सिटीले सम्मान पत्रसहित सम्मान गरेको थियो ।