प्रशासन तथा व्यवस्थापन कोर्स सुरु

Manoj Shiama
19 May, 2017 6:05 am


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा खेलकुद प्रशासन तथा व्यवस्थापन कोर्स बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
कोर्समा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला खेलकुद विकास समितिका साथै राखेपका अधिकृत तृतीय श्रेणीका ४८ कर्मचारी सहभागी छन् ।
राखेपका निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले कोर्सको एक कार्यक्रमबीच उद्घाटन गरे । कर्मचारीलाई प्रशासन समब्नधी कार्यको पुनर्ताजगी गराउदै दक्षता अभिबृद्धि गर्ने उद्देश्यले आयोजित कोर्स जेठ ११ गतेसम्म सञ्चालन हुनेछ ।