अन्तर्राष्ट्रिय कराते बुधबारदेखि

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित दुबई, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्दोनेसिया र मलेसिया गरी ८ राष्ट्रको सहभागिता निश्चित भइसकेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । पुरुष र महिला गरी करिब १ हजार खेलाडीको सहभागिता रहने बताइएको छ ।
४७ स्वर्ण, ४७ रजत र ९४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । विगतका सबै संस्करणमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comment