समिता र संस्कृति सेमिफाइनलमा


नेपालका समिता राई र संस्कृति कार्की दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला ४५ केजी तौलसमूहमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समिताले नेपालकी आकृति चौधरी र संस्कृतिले नेपालकै देवी राईलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल जारी प्रतियोगिताको महिला ५० केजीमा नेपालका सीता तामाङ र आक्रुती चौधरी, ५५ केजीमा नेपालका लक्ष्मी दुलाल र सुनीता मगर, २० केजीमा नेपालका सपना बुढा मगर र सर्मिला केसी, २५ केजीमा रुपा थापा र अस्मिता मोक्तान, ३० केजीमा सरिता तामाङ र निशा श्रेष्ठ, ३५ केजीमा विजया मगर र आरती चौधरी, ४० केजीमा नेपालका पूजा ओली र सुजना तामाङ तथा खुलमा नेपालका कृषा शेर्पा र सुनीता मगरले सेमिफाइनल यात्रा तय गरे ।
नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगिताको महिला १२ वर्षमुनि नेपालका सरिता तामाङ र निरुता रिजाल, १५ वर्षमुनि पूजा ओली र अस्मिता बज्गाईं तथा १८ वर्षमुनि कृषा शेर्पा र सुनीता मगर सेमिफाइनलमा पुगे ।
पुरुषको २० केजीमा नेपालका फ्रिजल शाही र अमन रोका, २५ केजीमा नेपालका सुशान्त सेढाईं र कान्साङ तामाङ, ३० केजीमा नेपालका निखेल केसी र प्रेम चौधरी, ३५ केजीमा नेपालका स्पर्श श्रेष्ठ र धनबहादुर सुनवार, ४० केजीमा नेपालका प्रदीप राई र सरोज दाहाल, ४५ केजीमा नेपालका राकेश दास र सञ्जय राई, ५० केजीमा नेपालका सन्तोष कार्की र पेम्बा शेर्पा, ५५ केजीमा नेपालका विवस निराला र सुशान्त मोडक, ६० केजीमा नेपालका विकास तामाङ र निरोज श्रेष्ठ, ६७ केजीमा नेपालका विनोद रोका र रियुराज सुवेदी तथा खुलामा नेपालका सुशान्त मोडक र विनोद रोकाले सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Comment