भैहरवामा तेक्वान्दो सम्पन्न


भैरहवाको सिद्धार्थ भैरहवा तेक्वान्दो डोजाङ्गमा सम्पन्न भैरहवा अन्तरनगर तेक्वान्दो प्रतियोगितामा पुजा तराहको टोली पहिलो भएको छ । उपाधि विजेता टोलीले ६ स्वर्ण र ८ रजत पदक हात पारेको हो । यसैगरी, ६ स्वर्ण र सात रजत सहित मोहम्मद रफीकको टोली दोश्रो भएको रुपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकास राजभण्डारीले जानकारी दिए । ६ स्वर्ण र दुइ रजत सहित सिमरन बिकको टोली तेश्रो भयो । प्रतियोगितामा २१ स्पर्धा समाबेश थिए ।
विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी रुपन्देही जिल्ला खेलकुद विकास समितीका कार्यलय सचिव संग सिंह थापा र बिशिष्ट अतीथी जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकास राजभण्डारीले पुरस्कार प्रदान गरे । कार्यक्रम संयोजक प्रीतम पुनको सभापतीत्वमा भएको कार्यक्रममा जिल्ला तेक्वान्दो संघका सचिव राकेश यादव सहित अतिथी दिपेन्द« बुढा, निर्णायक राजेश उल्लाह र दिपक न्यौपानेले पनि मन्तब्य राखेका थिए । कार्यक्रम दिपक शर्माले सञ्चालन गरेका थिए ।

Comment