एलए र सशम्बुको जित
Manoj Shiama
28 May, 2017 7:32 am
एलए एफसी र सशम्बु युथ क्लबले रियो एसईई फुटसल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । एलएले रातो बंगलालाई १–० तथा सशम्बुले गण्डकियन्सलाई ५–३ गोलले पराजित गरे ।
क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा मल्पीले इस्ट पोललाई ४–०, एफसी बसाहाले बाग्लुङ ०६८ लाई ८–०, पद्मोदयले खुमल्टारलाई १०–३, मुनालले दमौली ब्वाइजलाई २–१, ताहचलले बेलोरलाई ७–०, एन ब्वाइजले न्यु जेनिथलाई ६–४, भाटभटेनीले एसएस एकेडेमीलाई ४–२, केएफटीसीले साँगा चौकलाई ७–०, एभीएमले यङ स्टारलाई ४–२ तथा लास्ट गोलले विहानी युथ क्लबलाई १–० गोलले हराए । लोयल्टी र नेपाली ठिटोले ३–३ गोलको बराबरी खेले ।