पुम्सेमा नेपाली खेलाडीलाई पदक
भुटानमा जारी तेक्वान्दो प्रतियोगिताको २९ बर्ष मुनीको पुम्से स्पर्धामा नेपालकी निता गुरुङ्गले स्वर्ण पदक जितेकी छिन् । यसै उमेर समुहको युगलमा अस्मिता खड्का सञ्जिव ओझाले स्वर्ण जिते । अस्मिता र निताले नमिता गुरुङ्गसंग मिलेर टिमको स्वर्ण जिते । सोही उमेर समुहको पुरुष टिममा सञ्जिव ओझा, रेजिन रिमाल र प्रदिप आले मिलेर काश्य पदक जिते । १९ बर्ष मुनिको युगलमा नमिता मोक्तान र प्रदिप आलेले काश्य पदक जिते । ४० बर्ष माथिको टिम पुम्सेमा विजय शाह, अशोक खड्का र सरोज गुरुङ्गले काश्य पदक जिते ।