सान टेबलटेनिस सोमबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालय टेबलटेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कलेजतर्फ ५ र विद्यालयतर्फ १० गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुने सानकी खेल विज्ञ एवं प्रतियोगिता संयोजक रिता प्रजापतिले जनाएकी छन् । २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा हुनेछ ।

Comment