युएइमा नेपाली भलीबल खेलाडीको सक्रियता


केरला सोसाइटी अबुधाबीको आयोजनामो “ रवी कलिअट स्मृति कप २०१७” सम्पन्न भएको छ । बर्षेनी आयोजना हुने खुल्ला भलिबल प्रतियोगितामा ४ देशका खेलाडी सहभागि थिए । नेपाल, पाकिस्तान, भारत र फिलिपिन्सका टोली त्यहाँ सहभागि थिए । नेपालमा भलिबल राष्ट्रिय खेल घोषणा भएपछी भएको प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडीको उपश्थिती थियो । थुप्रै दर्शकका माझ भएका रोमाञ्चक खेलमा नेपाल २–१ ले पराजित भयो । पहिलो सेटमा पराजित भएको नेपाल दोश्रो सेटमा विजयी भए पनि अन्तिम सेटमा पाकिस्तान सफल भयो । गत बर्ष नेपाली टोलीलले यसै टोलीलाई फाइनलमा हराउदै उपाधि जितेको थियो । यस सस्करणको फाइनलमा पाकिस्तानी खेलाडीसंग खेल्ने छन् । भारतीय खेलाडीले फीलीपीन्सका खेलाडीलाई हराउदै फाइनल प्रबेश गरेका हुन् ।
नेपाली भलिबल क्लबका प्रशिक्षक कुन्दल सिंहले ड्युटीको व्यस्तताले पुरा टिम एकसाथ प्रशिक्षण गर्न नपाएका कारण तालमेलको कमि देखिएको र आबस्यक समन्वय नभएको बताए । पुरा तयारी बिना नै भए पनि टोलीले राम्रो खेल खेलेको उनले बताए । क्लबको प्रदर्शन सन्तोष जनक रहेको टिम कप्तान प्रेम भण्डारीले बताए । उक्त खेलमा हाम्रा पूर्व राष्ट्रिय खेलाडीहरु इश्वर घामल,प्रताप खवास , प्रेम शाही, झोंम थापा संगै डायमण्ड बस्नेत, बिष्णु पन्त, बोम थापा, सन्तोष गुरुङ लोकेन्द्र घले, नरेश चन्द, दिपल गुरुङ्ग  र इविन्द्र छन्त्याल थिए । सहायक प्रशिक्षक अमृत गुरुङ थिए भने टिम समन्वय हिरालाल श्रेष्ठले गरेका थिए । क्लब सल्लहाकार लोकेन्द्र बहादुर बम र क्लब अध्यक्ष ईश्वर घमाले आउदो दिनमा भलिबललाइ बिकाश र सम्वृद्धि गराउदै सक्दो आगामी खेलहरुमा नेपालीहरुको सहभागिता गराउने र के कति सकिन्छ प्रबासबाट पनि नेपाल भलिबलको बिकाशमा स्वदेशमा समेत सहयोग जुटाउदै अधिकारिक नेपाल भलिबल संघसंगै समन्वय गर्दै यस्ता प्रकृतिको खेलहरुमा सहभागिता जनाउने प्रतिबद्ता जनाए ।
विदेशमा रहेर पनि रोजगारीको अलाबा आफ्नो समयलाई अनुकुल बनाउदै अवसर पाउदा आफु संग भएको खेल कौसललाइ अन्तरास्ट्रिय भूमिमा नेपाल र नेपालीको नाम उच्च बनाउदै नेपाली झन्डा फहराउनु पाउनु गौरवको बिषय भएको नेपाली टोलीले जनाएको छ ।

Comment