चौहानले खेलाडीलाई फिट्नेस ट्रेनिङ दिने

Manoj Shiama
3 June, 2017 7:15 am

नेपाली सिनियर क्रिकेट खेलाडी, यु–१९ क्रिकेट खेलाडी र हाल राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न १२ खेलका खेलाडीलाई राजेश चौहानले फिट्नेस ट्रेनिङ दिने भएका छन् । खेलाडीका साथै चौहानले विभिन्न खेलका प्रशिक्षकलाई पनि ट्रेनिङ दिने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेतीले जनाएका छन् । राखेप सदस्य–सचिव केशवकुमार विष्ट र चौहानले शुक्रबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चौहानले जुन ३० तारिखसम्म ट्रेनिङ दिने छन् ।
चौहानले दक्षिण अफ्रिका, युएईलगायतका राष्ट्रमा यस्तै प्रकारको ट्रेनिङ दिएको निर्देशक उप्रेतीले जानकारी गराए । खेलाडी र प्रशिक्षकको स्तरबृद्धि गर्ने उद्देश्यले चौहानलाई मनोनित गरिएको निर्देशक उप्रेतीले बताए ।