क्वार्टरफाइनल समिकरण तय


अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा कैलालीले चितवनलाई ५–० ले पराजित गरेको छ । कैलालीका लागि गंगा अधिकारीले पाचौँ र ४२ औ मिनेटमा तथा सुस्मिता दवाडीले ३८औ, महिमा चौधरीले ५५ औ र हेमा चौधरीले ७९ औं मिनेटमा गोल गरेका थिए ।
अर्कोे खेलमा सप्तरी र सिन्धुली बिच गोलरहित बराबरी भयो । ताप्लेजुङ्गले सिन्धुपाल्चोकलाई ५–० ले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पाले ३० औ र ७८ मिनेटमा तथा भुजुङ्गा राईले २६ औ र गिता रानाले ४६ र ७७ औं मिनेटमा गोल गरेका थिए ।
नवलपरासी र नुवाकोट बिच १–१ गोलको बराबरी भयो । नुवाकोटका लािग सुजीता तामाङ्गले २९ औं मिनेटमा तथा नवलपरासीका लागि उदय थापाले ७९ औं मिनेटमा गोल गरेका थिए । बर्दियाले धनुषालाई ८–० ले पराजित गरेको छ । बर्दियाका लागि सपना थारुले छैटौ, ५० औ र ७० मिनेटमा तथा अजिता घर्तीमगरले सातौ र ७७ औ मिनेटमा गोल गरे । यसैगरी, आशा शाहीले २७ औ, मन्जु थारुले ७८ औ र निरु आचार्यले ८० औं मिनेटमा गोल गरेका थिए ।

मोरङ्ग महिला फुटबल टिमले बारा महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । मोरङ्गका लागि रेश्मा राईले दोश्रो र ८० मिनेटमा तथा आशा लिम्बूले ४४ औं मिनेटमा गोल गरेका थिए । स्याङ्गजा तर्फका खेलहरुमा समुह क बाट रौतहट, समुह ख बाट सर्लाही, समुह ग बाट मोरङ्ग र समुह घ बाट नवलपसारी तथा पाल्पा तर्फका खेलहरुमा समुह क बाट काठमाण्डौ, समुह ख बाट झापा, समुह ग बाट ताप्लेजुङ्ग र समुह घ बाट कैलाली क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाईनलमा काठमाण्डौ र झापा, ताप्लेजुङ्ग र कैलाली, रौतहट र सर्लाही तथा मोरङ्ग र नवलपरासीका बिच हुनेछ ।

Comment