मिस्टर काठमाडौं हुने
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता भदौ २३ र २४ गते राजधानीमा हुने भएको छ । मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । मिस्टर काठमाडौंको उपाधि विजेतालाई १ लाख १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जनाएका छन् ।
त्यस्तै महिलातर्फ खुला उचाईं विधामा प्रतिस्पर्धा हुनेछ । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
जुनियरतर्फ प्रथम जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन पनि हुनेछ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।