एपीएफ र न्यु डायमण्ड फाइनलमा


केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा चिरप्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमीवीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा विजय हासिल गर्दै एपीएफ र न्यु डायमण्ड ले उपाधि भिडन्त पक्का गरेका हुन् ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । खेलको सुरुदेखि नै दबाब बढाएको एपीएफले २५–११, २५–२० र २५–१६ को सेटमा हरायो ।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा न्यु डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा हरायो । न्युडाइमन्डले २५–२२, २५–९ र २५–१४ ले जित हात पा¥यो । प्रतियोगितालाई गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले तेश्रो पुरस्कार नगद ५० हजार प्रायोजन गरेका छन् । त्यसैगरी तुलसी भक्त कन्ट्रक्सनका प्रबन्ध निर्देशक नवराज श्रेष्ठबाट २५ हजार सहयोग प्राप्त भएको छ भने प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीबाट शेरवहादुर खड्का स्पेशल अवार्डबाट सम्मानीत हुने खेलाडिलाई माउण्टेन फ्लाईटको टिकट प्रदान गर्नेछन् । साबिक विजेता एपीएफसमूह ‘ए’ र समूह ‘बी’बाट न्यु डायमण्ड एकेडेमी अपराजित रहँदै सेमिफाइनलमा पुगेका थिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही तीन हजार रुपैयाँसहित आकर्षक ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

Comment