साउन्ड टेटे प्रशिक्षण सुरुसाउन्ड टेटे प्रशिक्षण सुरु
नेपाल दृष्टिविहीन टेबलटेनिस संघको आयोजनामा पश्चिमाञ्चल क्षेत्रीय साउन्ड टेबलटेनिस स्वयंसेवक प्रशिक्षक प्रशिक्षण सोमबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय अपाङ्गता सञ्जालको सहयोगमा भएको दुईदिने प्रशिक्षणमा १७ जनाको सहभागिता रहेको बताइएको छ । सहभागीलाई साउन्ट टेबलटेनिस प्रशिक्षक कुमार पौडेल र राजु महर्जनले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा पोखराको अमरसिंह माविलाई टेबलटेनिस बोर्ड, बल र ब्याट गरी करिब ७० हजार मूल्य बराबरको सामाग्री सहयोग स्वरुप प्रदान गरिएको आयोजकका महासचिव समेत रहेका प्रशिक्षक पौडेलले जनाएका छन् ।