नेपालमा आइटीएफको बिशेष कोर्ष हुने
Manoj Shiama
14 June, 2017 11:49 am
नेपालका सिनीयर तेक्वान्दो खेलाडीलाई बिशेष प्रशिक्षण दिनका लागि नेपाल आइटीएफको निमन्त्रणामा डिपीआर कोरियाका दुइ बरिष्ठ प्रशिक्षक नेपाल आएका छन् । कोरियाली तेक्वान्दो प्रशिक्षक आठौ ठान मास्टर जो चोल हो र पार्क चोल मिन मंगलबार नेपाल आइपुगेका हुन् ।
उनीहरुकै बसाइको क्रममा नेपालमा अन्तराष्ट्रिय रेफ्रि कोर्ष, अन्तराष्ट्रिय रेफ्रि कोर्ष र टेक्नीकल सेमिनारको आयोजना हुने नेपाल आइटीएफका अध्यक्ष अन्जन धमलाले बताए । कोर्ष नेपाल आर्मीको कभर्डहल लगनखेलमा हुनेछ । कोर्ष बिहिबार सुरु हुने छ ।