लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन

लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । लालीगुराँसले जुनियर ब्वाइज तथा ग्रिनल्यान्डले सिनियर गल्र्सको उपाधि जिते । जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) लाई ३१–२३ ले पराजित ग¥यो । विजयी टिमका लागि सर्जन महतारा र प्रिन्स केसीले समान १०–१० अंक जोडे । पहिलो र दोश्रो क्वाटरमा क्रमशः २–३ र ७–९ ले पछि परेको स्थितिलाई उल्ट्याउदै लालीगुराँस दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । लालीगुराँस पहिलो संस्करणको पनि विजेत हो । लालीगुराँसले तेश्रोमा १०–४ र चौथोमा १२–७ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले ईडेन ब्रिज एकेडेमीलाई २०–१९ को झीनो अन्तरले हरायो । ग्रिनल्यान्डको जितमा प्रमिला जागरीले ८ अंक योगदान गरिन् । पहिलो क्वाटरमा ५–१० ले पछि परेको ग्रिनल्यान्ड दोश्रोमा ९–५ को अगाडि रह्यो । तेश्रो क्वाटर २–२ को बराबरीमा टुंगिएको अवस्थामा ग्रिनल्यान्ड अझै समग्रमा १ अंकले पछि थियो । चौथो क्वाटरमा ४–२ को प्रदर्शन गर्दै ग्रिनल्यान्ड उपाधि चुम्न सफल भयो । ब्वाइजमा लालीगुराँसका प्रिन्स केसी र गल्र्समा ग्रिनल्यान्डकी प्रियंका खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सो अवसरमा लालीगुराँसलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले आफ्ना प्रशिक्षकद्वय सुनील केसी र मिलाप पुनलाई १० हजार नगदबाट सम्मान गरेको थियो । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर पुन, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकी र ईसीए निर्देशक जोगेन्द्र केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले बास्केटबलको विकास र विस्तारमा शैक्षिक संस्थाको भूमिका प्रशंसनीय रहेको बताउदै आगामी अगष्टमा बास्केटबल संघले यु–१६ दक्षिण एसियाली बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

Comment