कुराँस खेलाडी छनोट
कुराँस खेलाडी छनोट नेपाल कुराँस संघले पाँचौं एसियाली इन्डोर गेम्सका लागि २–४ पुरुष÷महिला गरी ४ खेलाडी बुधबार छनोट गरेको छ । सेप्टेम्बरमा तुर्कमिनिस्तानको अस्गाबाटमा हुने गेम्समा १ पुरुष र ३ महिला कुराँस खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ९० केजीमा दीपक छन्त्याल तथा महिलाको ७८ केजीमा अस्मिला छन्त्याल, ७३ केजीमा जयन्ती श्रेष्ठ र ४८ केजीमा प्रीति शर्माले प्रतिस्पर्धा गर्ने नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले जनाउका छन् । यसैबीच ओलम्पिक डेका अवसरमा बुधबारै आयोजित कुराँस प्रतिस्पर्धाको पुरुषको विभिन्न स्पर्धामा किरण छन्त्याल, सन्देश छन्त्याल, दीपेश छन्त्याल र निरज अधिकारीले स्वर्ण जिते । महिलामा अनिता तामाङ, कृष्टि शर्मा र जयन्ती श्रेष्ठले आ–आफ्नो स्पर्धामा पहिलो स्थान हात पारे । विजेतालाई कुराँस संघका अध्यक्ष घिसिङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कुराँस संघका महासचिव ध्रुवराज न्यौपाने, कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेललगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ४५ खेलाडी सहभागी थिए ।