खेल विकासका लागि नेपाल र कोरियाबिच सम्झौता

Manoj Shiama
22 June, 2017 7:05 am

स्वयस्मभुको हारती शिक्षा मन्दिर स्कुल र नैकापको ब्राइट फ्युचर स्कुलको संयुक्त प्रयासममा नेपाली खेल विकासका लागि दक्षिण कोरियाली शैक्षिक संस्था र फुटबल क्लबसँग सम्झौता भएको छ । बुधबार हारती शिक्षा मन्दिर स्कुलमा आयोजित पत्रकार सम्मेलनमा कोरियाको ह्वासाङ सिटिको ससिम माध्यमिक विद्यालय र सुवन सिटिको मम् फुटबलसँग द्धपक्षिय खेल विकास लागि सम्झौता भएको छ । हारतीका प्रिन्सिपल अच्युतम लामिछाने र ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा साथै दक्षिणा कोरियाको ससिन विद्यालयका प्रीन्सिपल किम र मम् फुटबल क्लबबिच सम्झौतापत्रका हस्ताक्षर भएको थियो ।
सम्झौता पश्चात द्धपक्षिय खेल विकास तथा शैक्षिक क्षेत्रमा समेत सहयोग रहने हारतीका प्रिन्सिपल अच्युतम लामिछानेले बताए । सम्झौता पत्रमा सांस्कृतिक आदन प्रदान,शेैक्षिक सामाग्री तथा खेलकुद सामाग्री सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यसैक्रममा नेपाल र कोरियाका विद्यालयका शिक्षक र विद्यार्थी द्धपक्षिय भ्रमण समेत गर्नेछन् । मम् फुटबल क्लबसँग नेपालका दुई विद्यालयले फुटबल खेल प्रशिक्षणका लागि सहयोग प्राप्त गर्नेछ । जसमा क्लब पनि नेपाल आउने कार्यक्रम रहेको छ ।
त्यस्तै कोरियामा तेक्वान्दो प्रशिक्षण र अन्य खेल गतिविधीका लागि विद्यालयले सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । यसअघि गत जुन ११ र १२ मा हारती शिक्षा मन्दिरका प्रीन्सिपल लामीछाने र ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापाले दक्षिण कोरियाको भ्रमणका क्रममा द्धपक्षिय खेल विकास लागि पहल गरेका थिए । बुधबार कार्यक्रममा हारतीका प्रिन्सिपल लामीछानेले सम्झौता पश्चात नेपालको शैक्षिक क्षेत्र विकासका साथै खेल विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । ब्राइट फ्युचरका प्रीन्सिपल थापाले खेलकुद विकासमा विद्यालय क्षेत्र विशेष प्राथामिकता रहने भएकाले सम्झौताले नेपाली खेल विकासमा नयाँ खुड्कीलो पार गरेको विश्वास ब्यक्त गरे ।