आदर्शलाई स्वर्ण

Manoj Shiama
23 June, 2017 10:36 pm

ओलम्पिक डेका अवसरमा आयोजित मोडर्न पेन्टाथल अन्तर्गत लेसर रनको ११–१२ वर्ष उमेरसमूहको ब्वाइजमा आदर्श कार्कीले स्वर्ण जितेका छन् । विदोग श्रेष्ठ दोश्रो र उर्गेन महर्जन तेश्रो भए । सोही स्पर्धाको गल्र्समा टीएन सिंह पहिलो, अनुशिया तण्डुकार दोश्रो र कौशिकी क्षेत्री तेश्रो भए । सातदोबाटोमा भएको लेसर रनकै १०–११ वर्षको ब्वाइजमा सनिल थापा र गल्र्समा पलिस्ता महर्जन, १३–१४ वर्षको ब्वाइजमा सोनाम शेर्पा र गल्र्समा समिरा थापा, १५–१६ वर्षको गल्र्समा सलोनी लामा तथा १७–१९ वर्षको ब्वाइजमा सुविराज याक्खा पहिलो भए । लसेर रनमा दौड र सुटिङमा प्रतिस्पर्धा भएको थियो ।
ट्रायथलको ९–१० वर्षको ब्वाइजमा आयन सिलवाल र गल्र्समा पलिस्ता महर्जन, ११–१२ वर्षको ब्वाइजमा आदर्श कार्की र गल्र्समा अनुशिया तण्डुकार, १३–१४ वर्षको ब्वाइजमा राहुल दर्शन र गल्र्समा समिरा थापा, १४–१५ वर्षको गल्र्समा सलोनी लामा तथा १७ वर्षमाथि ब्वाइजमा सुविराज याक्खाले शीर्ष स्थान हात पारे ।