हीरा च्याम्पियन
ओलम्पिक डेका अवसरमा आयोजित भेट्रान टेबलटेनिस प्रतियोगिताको महिला खुला सिंगल्समा हीरा नकर्मी पहिलो भएकी छन् । हीराले फाइनलमा इन्दिरा पौडेल पराजुलीलाई पराजित गरिन् । सविता बस्नेत केसी र मन्दिरा शाक्य तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ६० वर्षमाथि पुरुष सिंगल्समा गोवद्र्धन श्रेष्ठ पहिलो, उदयमोहन श्रेष्ठ दोश्रो तथा पुष्प पौडेल र सैलेन्द्र जोशी तेश्रो भए । ४० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र वज्राचार्य पहिलो, उमेश मानन्धर दोश्रो तथा किरण व्यञ्जनकार र प्रेम ओली तेश्रो बने । त्यस्तै ५० वर्षमाथि पुरुष सिंगल्समा सुरेश वज्राचार्य पहिलो, पन्नाकाजी शाक्य दोश्रो तथा खगेन्द्र ढकाल र अग्र विष्ट तेश्रो स्थानमा रहे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगितामा ७५ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।