लैनचौर च्याम्पियन
आयोजक लैनचौर तेक्वान्दो डोजाङले क्षेत्र नं. ६ व्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लैनचौरले ८ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो ।दोश्रो भएको मनमैजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, २ रजत र ४ कांस्य हात पा¥यो । २ स्वर्ण, १ रजत र ४ कांस्यसाथ ढल्को तेक्वान्दो डोजाङले तेश्रो स्थानमा चित्त बुझायो ।ठमेलस्थित जिएए हलमा भएको प्रतियोगिताको पुरुषमा मनमैजुका सुजल पुटुवार तथा महिलामा ढल्कोकी पासाङ शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक प्रमुख गौरव रजकले जनाएका छन् ।