एमएमए च्याम्पियनसीपमा नेपालको सहभागिता
Manoj Shiama
27 June, 2017 9:08 pm
टर्कीको इस्तानबुलमा २९ जुन देखि ४ जुलाइसम्म हुने अन्तराष्ट्रिय एमएमए च्याम्पियनसीपमा नेपालकोे पनि सहभागिता रहने छ । नेपाल मुवाथाइ संघका महासचिव सुदीप पण्डितको पहलमा भएको विदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव एबं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा तथा संघ अध्यक्ष भिम सिंह गुरुङको उपथितीमा टोलीका खेलाडी, प्रशिक्षक र अफीसीयलको विदाइ भएको हो ।
प्रतियोगितामा ४९ किलो तौल समुहमा तुलसी थापा मगर,५५ किलो तौल समुहमा अंिकत ओली,६३ मा विरेन्द्र केसी तथा ६७ मा भुपेन्द्र पुन मगर सहभागि हुने छन् । दीपक बहादुर गोदारको प्रशिक्षणमा रहने टोलीको ब्यबस्थापक सम्पन्न श्रेष्ठ रहेका छन् ।