राष्ट्रिय तेक्वान्दो संघको टोली मलेसिया प्रस्थान

स्टुडेन्ट ओलम्पिक काउन्सील एसिया र मलेसियान स्टुडेन्ट ओलम्पिक एसोसीएसनकोे संयुक्त आयोजनामा २९ जुन देखि १ जुलाई २०१७ सम्म मलेसियामा हुने तेश्रो स्टुडेन्ट ओलम्पिक इन्टरनेसनल गेम्स २०१७ मा सहभागी हुन राष्ट्रिय तेक्वान्दो संघ–नेपालको १० सदस्य टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
संघका अध्यक्ष शिव कोइराला, प्रमुख प्रशिक्षक तथा वरिष्ठ उपाध्यक्ष एकनाथ थापा र कोषाध्यक्ष पदम रानाले अफिसियल तथा खेलाडीहरुलाई संघको केन्द्रीय कार्यालयमा विदाई गरे । टिमको नेतृत्व नेपाल स्टुडेन्ट ओलम्किि एसोसीएसनका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राज कुमार कार्कीले गर्ने छन् । संघका उपाध्यक्ष हरी बहादुर बुढाथोकीले उक्त प्रतियोगितामा जुरीको भूमिका निर्वाह गर्नेछन् । टिम व्यवस्थापकको जिम्मेवारी संघका केन्द्रीय सदस्य गोकर्ण कुँवरले गर्ने छन् । टिम प्रशिक्षक धर्मेन्द्र बाँनिया अग्रहरी रहेका छन् ।
सहभागि खेलाडीमा तपन कुमार केवट (५० के.जी), रवि अधिकारी (५३ के.जी), क्षितिज पाण्डे (४६ के.जी), शुक्र बहादुर वि.क. (६० के.जी), बिमला तामाङ्ग (४५ के.जी भन्दा तल) र सञ्जय कवर(५८ के.जी) रहेका छन् । साथै सोही टिमले सिङ्गापुरमा हुने तेक्वान्दो सेमिनारमा समेत सहभागिता जनाउनेछन् । संघका अध्यक्ष र प्रमुख प्रशिक्षकले उत्कृष्ट प्रदर्शनको अपेक्षा सहित शुभकामना दिए ।

Comment