राष्ट्रव्यापी फुल कन्ट्याक्ट हुने
Manoj Shiama
18 July, 2017 9:55 pm
सुनाकोठी बुदोकैदो फुल कन्ट्याक्ट शाखा डोजो तथा कोसिश ग्रुपको संयुक्त आयोजनामा तेश्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट तौलसमूह बुदोकैदो प्रतियोगिता साउन १३ गते हुने भएको छ ।
पुरुषमा ७ र महिलामा २ गरी ९ तौलसमूहमा १ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सुनाकोठी डोजोका अध्यक्ष रोज महर्जनले जनाएका छन् । सुनाकोठीस्थित बालकुमारी चौरमा हुने दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ६५ हजार खर्च हुने बताइएको छ ।