आईओएफटीसीको मिति घोषणा


अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) को १२ औँ संस्करण सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने भएको छ ।
आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराए । प्रतियोगिता पूर्वाञ्चलको सुनसरीस्थित इटहरीमा हुने भएको छ । फ्रेन्डसीप तेक्वान्दो हालसम्म अमेरिकामा पाँच पटक, बेलायत र हङकङमा एक–एक पटक तथा नेपालमा तीन पटक भइसकेको छ । पछिल्लो संस्करणमा अमेरिकाको पोर्टल्यान्डमा भएको थियो ।
प्रत्येक दुई वर्षको फरकमा हुने च्याम्पियनसीपको १२ औँ संस्करणमा नेपाललगायत अमेरिकाका क्यानाडा, इङ्गल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, दक्षिण कोरिया, ग्वाटेमाला, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइनेछ । महिला र पुरुषको आधिकारिक आठ–आठ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जुनियर विधा पनि प्रतिस्पर्धा गराउने सोचमा रहेको जानकारी दिइयो ।
यसपालि प्रतियोगितामा खुल्ला सहभागिता हुने महर्जनले जानकारी दिए । उनले यो प्रतियोगितामा धेरै देशको सहभागिता रहने हुनाले खेलाडीहरुले एकअर्का देशको संस्वृmतिबारे पनि ज्ञान प्राप्त गर्ने बताए ।
प्रतियोगिताको बजेट एक करोड सात लाख रुपियाँ रहेको छ । जसमध्ये नेपाल सरकारले ३० लाख रुपियाँ सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपानेले जानकारी गराए ।
प्रतियोगिताका पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार तथा उत्कृष्ट पुरुष÷महिला प्रक्षिकलाई पनि जनही २५ हजार रुपियाँ प्रदान गर्ने बताइएको छ ।

 

Comment