प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण

Manoj Shiama
22 July, 2017 8:35 pm


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा सञ्चालित क्रिकेट, फुटबल र टेबलटेनिसको लेभल वानदेखि एडभान्स लेभल टुसम्मको कोर्समा सहभागी प्रशिक्षार्थीलाई शनिबार एक कार्यक्रमबीच दीक्षित गरियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच १ सय ७५ प्रशिक्षार्थीलाई दीक्षित गरिएको हो । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानलगायतले एक उनीहरुलाई प्रमाण पत्र वितरण गरे ।
सोही अवसरमा कोर्सलाई सहयोग गर्ने अभिभावक किरण गिरीलगायत अन्य अभिभावकलाई पनि सम्मान गरिएको थियो ।