धर्म र नवीनलाई रजत

नेपाली भेट्रान खेलाडी धर्ममान वज्राचार्य र नवीनबहादुर शाक्यको जोडीले दोश्रो दक्षिण एसियाली भेट्रान टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष डबल्समा आइतबार रजत  जितेका छन् । श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न प्रतियोगिताको उक्त स्पर्धाको सेमिफाइनलमा नेपाली जोडीले भारत ‘बी’ लाई ३–० को सोझो सेटमा पराजित गर्दै रजत पक्का गरेको हो । नेपाली जोडी त्यही नतिजामा त्यही राष्ट्रको ‘ए’ जोडीसंग भने फाइनलमा चुक्यो । अघिल्लो दिन शनिबार नेपालले ५० वर्षमाथिको पुरुष टिम इभेन्टमा कांस्य जितेको थियो ।

Comment