निश्चल जापान जाने
Manoj Shiama
27 July, 2017 9:08 pm
नेपाल सफ्ट बल तथा बेसबल संघले खेलाडी निश्चल केसीलाई तालिममा सहभागी गराउन जापान पठाउन लागेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य उपेन्द्र पौडेल, संघका उपाध्यक्ष प्रदीप खत्री, महासचिव दीपक न्यौपानेलगायतले निश्चललाई सातदोबाटोमा बिहीबार बिदाइ गरे । जापानको होकाइडोमा जुलाई ३१ देखि सुरु भइ ३ महिनासम्म चल्ने तालिममा सहभागी हुन निश्चल शुक्रबार जाँदैछन् ।