प्रेरणा र सलोनी फाइनलमा


प्रेरणा कोइराला र सलोनी तामाङ प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा प्रेरणाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ तथा सलोनीले स्नेहा यादवलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।
यु–९ ब्वाइज सिंगल्समा सक्षमविक्रम शाहले निशाद जोशीलाई ४–१ र ४–० तथा आयुशमान घलेले बोरिस अधिकारीलाई ४–१ र ४–० को सीधा सेटमा हराउदै फाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा प्रशंसा मोक्तानले जेनी खड्कालाई ४–० र ४–१ तथा सुनिरा थापाले आद्या पौडेललाई ४–१ र ४–० ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले निशान श्रेष्ठलाई ६–१ र ६–१, आर्यन गिरीले इभ्याक जोशीलाई ६–१ र ६–०, प्रसिद्ध मोक्तानले सुशान्त कुइकेललाई ६–२, २–६ र ७–६(४) तथा सम्यकभूषण वज्राचार्यले आरभसम्राट हाडालाई ६–१ र ६–३ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । त्यसै स्पर्धाको गल्र्समा सलोनी तामाङले लुमु लामालाई ६–० र ६–०, रायना शाहले ईशाश्री शाहलाई ६–० र ६–१ तथा अभिलाषा विष्टले सर्भानी श्रेष्ठलाई ६–१ र ६–० को सीधा सेटमा हराउदै सेमिफाइनलमा प्रवेश गरे । प्रेरणा कोइराला पनि पहिलो सेट ६–० ले जितेको र दोश्रोमा ३–० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी सुभाङ्गीलक्ष्मी शाह रिटायर्ड हर्ट भएपछि विजयी घोषित हुँदै सेमिफाइनलमा पुग्न सफल भइन् ।
यु–१२ गल्र्स सिंगल्समा रायना शाहले आईशा डोल्कर गुरुङलाई ६–० र ६–१, सर्भानी श्रेष्ठले श्रृष्टि राईलाई ६–० र ६–१ तथा ईशाश्री शाहले इभा अधिकारीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
यु–१८ गल्र्सको राउन्ड रोविन लिगमा अभिलाषा विष्टले विजिशा श्रेष्ठलाई ६–४ र ६–०, मायांका राणाले जुम्ल्याहा बहिनी माहिकालाई ६–२ र ६–४ र विजिशा श्रेष्ठलाई ६–१ र ६–४ तथा माहिका राणाले अभिलाषा विष्टलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । उक्त स्पर्धाको ब्वाइज राउन्ड रोविन लिगमा प्रणव खनालले निनवाम राईलाई ६–० र ६–० तथा संरक्षकभूषण वज्राचार्यले साम्राज्ञ कट्वाललाई ६–१ र ६–० को सीधा सेटमा हराए ।

Comment