कुराँसको अन्तरक्रिया
Manoj Shiama
4 August, 2017 11:06 pm
नेपाल कुराँस संघले ‘टेक्निकल एन्ड म्यानेजमेन्ट स्किल डेभलोप्मेन्ट अन कुराँस’ विषयक एकदिने अन्तरक्रिया शुक्रबार आयोजना ग¥यो ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को सहयोगमा सञ्चालित अन्तरक्रियामा खेलाडी, पदाधिकारीलगायत गरी ८२ जना सहभागी थिए । सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानलगायतले प्राविधिक र व्यवस्थापकीय पक्षमा प्रकाश पारेका थिए ।