चक बल टोली ताइवान प्रस्थान

Manoj Shiama
13 August, 2017 7:12 am


दोश्रो विश्व बिच चक बल च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार ताइवान काउसेङ प्रस्थान गरेको छ ।
अगष्ट १५ देखि १८ तारिखसम्म हुने च्याम्पियनसिपमा अशोक शाह, प्रदीपकुमार गुरुङ, सन्दिप गुरुङ र मोहन गुरुङले प्रतिस्पर्धा गर्नेछन् । तालिमका लागि ताइवानमै रहेका २ खेलाडी ईश्वरीदत्त पाण्डे र रवि ठकुल्ला पनि त्यत्तैबाट टोलीमा समावेश हुनेछन् ।
टोली प्रमुखमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य फत्तबहादुर गुरुङ, टिम व्यवस्थापकमा जयराज जोशी र प्रशिक्षकमा त्रयलोकनाथ पाण्डे छन् । टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल चक बल संघका अध्यक्ष भक्तबहादुर ठकुल्लाले सातदोबाटोमा शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।