खेलाडी छनोट

Manoj Shiama
14 August, 2017 9:34 pm

प्रथम अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते प्रतियोगताका लागि नेपाल इन्टरनेसनल क्योकुसिनकाइ कराते संघले खेलाडी छनोट गरेको छ ।
उमेरसमूहतर्फ पुरुषको १०–१२ वर्षमा रविन रेग्मी र सुदीप थिङ, १२–१४ वर्षमा सुदीप कटुवाल र अखिम राई, १४–१६ वर्षमा समुन्द्र महर्जन र एक्का भुलोन तथा १६–१८ वर्षमा रोशन श्रेष्ठ र अर्जुन महर्जन छनोट भए ।
त्यस्तै सिनियर पुरुष ५० केजीमुनि विजय घलान, ५०–६० केजीमा सत्तल लामा र रमेश महर्जन, ६०–७० केजीमा दिनेश महर्जन र निश्चल श्रेष्ठ, ७०–८० केजीमा राकेश महर्जन तथा ८० केजीमाथि गोपाल महर्जन छनोट भएको क्योकुसिनकाइ कराते संघका महासचिव एवं ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठले जनाएका छन् ।
सिनियरकै महिला ५५ केजीमुनि संगीता तामाङ र ५५ केजीमाथि आस्मा तामाङ छानिए । प्रतियोगिता भारतको पुनेमा अक्टोबर ७ र ८ तारिखमा हुँदैछ ।