रेडिअन्ट कप बास्केटबलको तयारी पूरा


रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा गरी जम्मा ३२ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८ र जुनियर ब्वाइजमा १४ टिमले भाग लिने छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
सिनियर ब्वाइजमा निम्स र जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने ईसीए इन्चार्ज दिलिप कार्कीले जानकारी दिए । दसदिने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजक रेडिअन्टकै कोर्टमा हुनेछ ।
पत्रकार सम्मेलनमा रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जन र रेडिअन्टका सिस्टम इन्चार्ज विनोद कार्कीले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

Comment