फुटबल सेमिनार सम्पन्न


ललीतपुर खेलकुद प्रशिक्षण केन्द«ले सञ्चालन गरेको साउथ एसिया स्पोर्ट्स फर डेभ्लपमेन्ट अन्तरगत दोश्रो चरणको सेमिनार मंगलबार सम्पन्न भयो । सस्थाका प्रमुख सिद्धी ब्यञ्जनकारले दिएको जानकारी अनुसार शुक्रबार भएको सेमिनारमा १९ क्लब तथा १२ विद्यालयका फुटबल प्रशिक्षकहरु सहभागि थिए । सेमिनार ललीतपुरको चुनीखेलमा भएको हो ।
सेमिनारमा  इजरायलबाट आएका साहर र एलले प्रशिक्षण दिएका थिए । दुवै फुटबल प्रशिक्षक मिफालटसस्थासंग आबद्ध छन् । साहर रिजनल मेनेजरको रुपमा सस्थामा कार्यरत छन् । सेमिनारमा सहभागि हुने ४६ फुटबल प्रशिशिक्षकले यस अघि इजरायली फुटबलमा परिचित ब्यक्तित्व गन र डोरबाट प्रशिक्षण पाएका छन् । ललीतपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रले ललीतपुरको ग्रामीण भेगमा फुटबल र शिक्षालाई संगै बढि बढाउने निती लीएको छ । केन्द्रको मुख्य कार्यक्षेत्रको रुपमा गोदवरी, चापागाउँ र चुनीखेल रहेका छन् । नल्लु र भारदेउ केन्द्रका थप कार्य क्षेत्रको रुपमा रहेका छन् । ५० को दशकमा एनआरटी र फ्रेन्ड्स क्लबका प्रभावशाली रक्षक सिद्धी ब्यञ्जनकारको नेतृत्वमा नेपाली फुटबलका परिचित अनुहारहरु सस्थामा आबद्ध रहेका छन् । यसै केन्द«ले सञ्चालन गरेको परियोजनाका कारण ग्रामिण भेगमा प्रतिभासाली प्रशिक्षक उत्पादन हुने क्रम जारी रहेको छ ।

Comment