कुराँस टोली उज्वेकिस्तान जाने
Manoj Shiama
16 August, 2017 10:43 pm
पाँचौं एसियाली इन्डोर गेम्सको पूर्व तयारीका लागि कुराँस खेलाडी अस्मिला छन्त्यालसहितको ३ सदस्यीय नेपाली टोली शुक्रबार उज्वेकिस्तानको तास्केन्द जाँदैछ । इन्डोर गेम्स तुर्कमिनिस्तानको अस्गाबातमा सेप्टेम्बर १७ देखि २७ तारिखसम्म हुनेछ । एसियाली कुराँस संघको बैठकमा भाग लिन नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङ र तालिममा सहभागी हुन रेफ्री प्रताप घिसिङ पनि अस्मिलासंगै उज्वेकिस्तान जाँदैछन् । अस्मिला करिब एक महिना तालिममा सहभागी भइ त्यत्तैबाट इन्डोर गेम्समा सहभागी हुन तुर्कमिनिस्तान जानेछिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कुराँस संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लौरारीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।