केन्डो प्रतियोगितामा अमितको उत्साह

Manoj Shiama
18 August, 2017 10:38 am


शनीबार सुरु हुने भियतनाम ओपन केन्डो च्याम्पियनसीपमा सहभागि हुने नेपाली खेलाडी अमित चौधरीले पहिलो पटक महत्वपूर्ण प्रतियोगितामा सहभागिताको अबसर पाउदाँ आफू उत्साहित भएको बताएका छन् । चौथो भियतनाम खुला केन्डो च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भियतनामको होचिन्मी प्रस्थान गरेका हुन् । दोश्रो डान अमितकुमार चौधरीले पुरुष व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल केन्दो संघका उपाध्यक्ष अशोककुमार थापा क्षेत्री र महासचिव केशवकृष्ण डंगोल छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र केन्डो संघका अध्यक्ष गणेश राईले सोमबार सातदोबाटोमा बिदाइ गरे । अगष्ट १९ र २० तारिखमा हुने प्रतियोगितामा नेपाल सहित सिंगापुर, अस्ट्रेलिया, जापान, कोरिया, भियतनाम, भारत, मंगोलिया र चीन गरी ९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।