कमललाई कांस्य
Manoj Shiama
23 August, 2017 9:07 pm
नेपाली खेलाडी कमल भण्डारीले ५१ औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा बुधबार कांस्य जितेका छन् । दक्षिण कोरियाको सिओलमा जारी प्रतियोगितामा कमलले पुरुष ५५ केजी तौलसमूहमा कांस्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन् । कमल सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए । माल्दिभ्स पहिलो र मंगोलिया दोश्रो भए ।